Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अन्तरिम सरकारतर्फ नेपाल : सुशीला कार्कीको नेतृत्वमा समर्थन


२६, भदौ २०८२
  • 172
    SHARES
  • अन्तरिम सरकारतर्फ नेपाल : सुशीला कार्कीको नेतृत्वमा समर्थन

    काठमाडौं । हालको असामान्य परिस्थितिमा नेपाल अन्तरिम / चुनावी सरकारको दिशातर्फ अघि बढ्ने संकेत प्रष्ट भएको छ।

    देशलाई नयाँ जनादेश दिलाउन र लोकतान्त्रिक यात्रालाई निरन्तरता दिन स्वतन्त्र र निष्पक्ष निर्वाचन नै मूल बाटो हुने स्पष्ट सन्देश दिइएको छ। युवा पुस्ताले अघि सारेको प्रस्तावअनुसार अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्तुत गरिएको छ।

    यसलाई "ऐतिहासिक र सही दिशा देखाउने कदम" भन्दै समर्थन जनाइएको छ। विश्लेषकहरूका अनुसार यस प्रस्तावले जेन–जी पुस्ताको परिपक्व सोच, सुझबुझ र राजनीतिक उत्तरदायित्वबोधलाई उजागर गरेको छ।

    विज्ञप्तिमा युवापुस्ताको जोश र इमानदारीता देशको स्थायी सम्पत्ति भए पनि तत्कालै नेतृत्व कब्जा गर्ने हतारोभन्दा लोकतान्त्रिक प्रक्रिया र जनादेशलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

    अन्तरिम सरकारको भूमिका निर्वाचन सम्पन्न गर्ने मात्रै भएकाले दीर्घकालीन नेतृत्व जनताले छान्ने व्यवस्था कायम रहने बताइएको छ। यसैबीच, सम्माननीय राष्ट्रपतिसमक्ष तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन अघि बढाउन माग गरिएको छ।

    साथै, जेन–जी पुस्ताले ल्याएको ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने चेतावनी दिइएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend