Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एशिया कपमा भारतको विजयी शुरुआत : यूएई ९ विकेटले पराजित


२६, भदौ २०८२
  • 166
    SHARES
  • एशिया कपमा भारतको विजयी शुरुआत : यूएई ९ विकेटले पराजित

    काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराएको छ । गएराति भएको खेलमा भारतले यूएईलाई नाै विकेटले हराएको हो ।

    यूएईले दिएको ५८ रनको सानो लक्ष्य पछ्याएको भारतले चार ओभर तीन बलमा एक विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ३० र शुबमन गिलले अविजित २० रन बनाए । अफगानिस्तानका जुनैद सिद्दिकीले एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले १३ ओभर एक बलमा सबै विकेट गुमाएर ५७ रन बनायो । यूएईका अलिशान शराफुले २२ र कप्तान मोहम्मद वसीमले १९ रन बनाए । भारतका कुलदीप यादवले चार विकेट लिए । यस्तै शीभम दुवेले तीन तथा जसप्रीत बुमराह, वरुण चक्रवती र अक्षर पटेलले सामान एक विकेट लिए । 

    ८ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend