Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्पेन निर्वाचन : पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत पुगेन


८, साउन २०८०
  • 87
    SHARES
  • स्पेन निर्वाचन : पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत पुगेन
    स्पेन ।  स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ । स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्बाचनमा मध्य-दक्षिणपन्थी पपुलर पार्टी (पीपी) ले सबैभन्दा धेरै सीटमा विजयी भएको छ ।
     
    निर्वाचनमा पीपीले सबैभन्दा बढी सीट प्राप्त गरेको छ भने सत्ताधारी सोशलिस्ट पार्टी (पीएसओई) ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शन सहित दोस्रो धेरै मत पाउन सफल भएको छ । विजयका बावजुद पनि दक्षिणपन्थी समूह सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेन । त्यसैले अवको सरकार गठन प्रक्रिया कठिन भएको छ ।  पीपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १६९ सिट प्राप्त गरेका छन् भने पीएसओई र सुमार ९१५ साना वामपन्थी पार्टीहरूको समूहले संयुक्त रूपमा १५३ सिट प्राप्त गरेका छन् । 
     
    माथिल्लो सदनका २६५ सिटमध्ये २०८ सिटका साथै संसदको तल्लो सदनका सबै ३५० सिटका लागि निर्वाचन भएको हो ।  काङ्ग्रेस अफ डेपुटीज (तल्लो सदन) को कूल ३५० मध्य पूर्ण बहुमत १७६ सिट आवश्यक भएपनि १३६ सिटका साथ पीपी अगाडि छ भने पीएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ । भोक्सले ३३ र सुमारले ३१ अंक प्राप्त गरेका छन् । एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन् । 
     
    यसैबीच, प्रधानमन्त्री पेड्रो सान्चेजले त्रिशंकु संसद् र पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेपनि करिब ९९ प्रतिशत मत गणना गर्दा वाम गठबन्धनले जित हासिल गरेको दाबी गर्नुभएको छ । “हामीले चार वर्षअघिको तुलनामा धेरै मत, धेरै सिट र उच्च प्रतिशत जित हासिल गरेका छौं,” सान्चेजले समर्थकलाई निर्वाचन परिणामबारे सान्त्वना दिँदै भन्नुभयो । गृह मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा आइतबार सम्पन्न निर्वाचनमा चार प्रतिशत बढी अङ्क अर्थात् ७०.३३ प्रतिशत मतदान भएको थियो । 
     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend