Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको आज पदबहाली : कार्यकक्ष तयार हुँदै


२९, भदौ २०८२
  • 161
    SHARES
  • अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको आज पदबहाली : कार्यकक्ष तयार हुँदै

    काठमाण्डौ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो ।

    नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न सरकारी उच्च कर्मचारीलाई बिहानै बोलाइएको छ । प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ । प्रधानमन्त्री कार्की अस्ति शुक्रवार बेलुकादेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बस्न थालिसक्नुभएको छ ।

    प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगजनी हुँदा नजलेका र जोगिएका सरसामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ ।

    पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले आजसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । त्यसका लागि पनि आन्तरिक छलफल र भेटघाट चलिरहेको छ ।

    यो प्रकृयामा सघाउन जेन–जी ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइसकेकाे छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend