Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल


२९, भदौ २०८२
  • 233
    SHARES
  • प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल

    काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षसँग सहयोगका लागि अपिल गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले अपिलमा बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै नागरिकलाई रिझाउने र आफैंमा सम्हालिँदै तोकिएको मितिमा चुनाव सम्पन्न गराउन सबै पक्षसँग सहयोगको आग्रह गर्नुभएको हो ।

    राष्ट्रपति पौडेलले वक्तव्यमा भन्नुभएको छ, ‘देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न नागरिकले अवसर पाएका छन् ।’

    भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अस्ति शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

    कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइरहेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend