Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै : आज शपथको तयारी


३०, भदौ २०८२
  • 157
    SHARES
  • खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै : आज शपथको तयारी

    काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीको नाम टुङ्गो लागेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो ।

    खनाललाई अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय तथा अर्याललाई गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्कीले तीनैजना मन्त्रीको नाम सिफारिस गरेर राष्ट्रपतिसमक्ष पठाउनुभएको छ ।

    उनीहरूले आज शपथ लिएर कार्यभार सम्हाल्नेछन् । पूर्वसचिवसमेत रहेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउनुभएको छ । कानुन व्यवसायी अर्याल काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार हुनुहुन्छ । घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुनुहुन्छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend