Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन


३०, भदौ २०८२
  • 160
    SHARES
  • ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन

    काठमाण्डाै – नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेकाे मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो ।

    पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गर्नुभएको छ । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गर्नुभएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

    विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहनुभएका कुलमान घिसिङले ऊर्जामन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ । झन्डै आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ’लोडशेडिङमुक्त’ भएकाे घोषणा गरिएकाे थियो ।

    अघिल्लो सरकारसँग टकराव

    २०७८ सालकाे साउनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङ दोस्रो पटक प्राधिकरण प्रमुखमा नियुक्त हुनुभयाे । तत्कालीन ओली सरकार र उहाँबीच टकराव देखियो । ऊर्जा, जलस्रोत एवम् सिँचाइमन्त्री दीपक खड्का र उहाँबीचको कहिल्यै कुरै मिलेन । खासगरी उद्योगहरूले डेडिकेटेड र ट्रङ्कलाइनको महसूल नतिरेका कारण प्राधिकरणले बिजुली काट्ने र त्यसो गर्न नदिने मन्त्री–प्रधानमन्त्रीको जोडबलसँग विवाद भएको थियो । महसूलकाे विषयमा विवाद चर्किँदै गर्दा उद्योगीहरूको लाइन काट्ने घिसिङको कदमसँग तत्कालीन केपी ओली नेतृत्वको सरकार असन्तुष्ट बनेको थियो र उहाँलाई सरकारले ६ महिनाअघि पदबाट हटाएकाे थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend