Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा


२, असोज २०८२
  • 164
    SHARES
  • नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

    काठमाण्डौ – नेपालसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अकिल हुसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

    वेस्ट इन्डिजको टोलीमा छ जना खेलाडी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दैछन् । पहिलो रोजाईका खेलाडीमा अकिल मात्रै रहेका छन् । यस्तै जेसन होल्डर, केसी कार्टी, फबिएन एलेन, कायल मेयर्स र ओबेद म्याकोय राष्ट्रिय टोलीमा खेलिसकेका खेलाडी छन् ।

    १५ सदस्यीय टोलीमध्ये नौ जना यसअघि नै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरिसकेका खेलाडीहरु छन् । यस्तै अन्य खेलाडीहरु घरेलु लिग र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरु रहेका छन् ।

    वेस्ट इन्डिज क्रिकेट बोर्डले टोली घोषणासँगै नयाँ युवा खेलाडीहरुलाई यो शृङ्खलामा प्राथमिकता दिनुको कारण आउँदो टी–२० विश्वकपको टोली निर्माण गर्नका लागि रहेको उल्लेख गरेको छ । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो असोज ११, १३ र १४ गते संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा हुँदैछ ।

    नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । यसअघि नै नेपालले कप्तान रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ । 

    यस्तो छ वेष्ट इण्डिजको टोली : 

    अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जाङ्गो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend