Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हरायो


५, असोज २०८२
  • 93
    SHARES
  • एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हरायो

    काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो ।

    श्रीलङ्गका दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर पाँच बलमा छ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि मोहम्मद सैफ हसनले ६१ र तौहिद हृदयले ५८ रन बनाए । श्रीलङ्काका पिन्नदुवागे वानिन्दु हसरंगा र दासुन शनकाले समान दुई तथा नुवान तुषारा र  दुष्मन्थ चमेराले समान एक विकेट लिए ।

    त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्गाले सात विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । श्रीलङ्काका लागि दासुन शनकाले अविजित ६४ र कुसल मेन्डिसले ३४ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन, महेदी हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

    यो जीतसँगै बङ्गलादेशले सुपर–४ मा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend