Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसका ८ पदाधिकारीसहित ३६ नेताका घर जलाइयो (नामसहित)


५, असोज २०८२
  • 263
    SHARES
  • कांग्रेसका ८ पदाधिकारीसहित ३६ नेताका घर जलाइयो (नामसहित)

    काठमाडौँ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर आन्दोलनकारीले जलाइदिएका छन् ।

    कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा देउवासहित उपसभापति पूर्णबहादुर खड्काको काठमाडौँ र सुर्खेतमा रहेको घर, महामन्त्री गगन थापाको रातोपुलमा रहेको घर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरमा रहेको डेरा र झापामा रहेको घर, सहमहामन्त्री उमाकान्त चौधरीको बारामा रहेको घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषामा रहेको घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको काठमाडौँमा रहेको डेरामा रहेका सामान तथा कोषाध्यक्ष उमेश श्रेष्ठका चितवनमा रहेका दुई घर जलाइएको उल्लेख छ । 

    त्यस्तै आन्दोलनकारीहरूले पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाका घर पनि जलाएर ध्वस्त पारेका विवरणमा देखाइएको छ ।

    पूर्वसहमहामन्त्री डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा.गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको पनि घर जलेको उल्लेख छ ।

    पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानिया (बागमती प्रदेश मुख्यमन्त्री) र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको पनि घर जेनजी आन्दोलनका क्रममा जलाइएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend