काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले पाँच महिनाभित्र काठमाण्डाैसहित देशका प्रमुख १० शहरका सार्वजनिक ठाउँमा निःशुल्क वाईफाई उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको छ ।