Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माओवादीले केन्द्रीय कमिटी भङ्ग गरी विशेष महाधिवेशन गर्ने


८, असोज २०८२
  • 163
    SHARES
  • माओवादीले केन्द्रीय कमिटी भङ्ग गरी विशेष महाधिवेशन गर्ने

    काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले अहिलेको केन्द्रीय कमिटी विघटन गरी विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने भएको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने, त्यसकाे संयोजन अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    यस्तै बैठकले तोकिएको समयमा चुनाव गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता सापकोटाले बताउनुभयाे । उहाँका अनुसार चुनाव गराउन पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय समेत भएको छ ।

    जेन–जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर सझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, सामाजिक सङ्घ–संस्थाहरू सबैलाई समेटेर बृहत्सं युक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको सापकाेटाले बताउनुभयाे ।

    माओवादीको भोलि बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो । स्थायी कमिटी बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेन्डा तय गरेको प्रवक्ता सापकोटाकाे भनाइ छ । बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend