Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अन्तरिम सरकारलाई देश जिम्मा लगाएर विदेश भागिँदैन : अध्यक्ष ओली


इ खबर
११, असोज २०८२
  • 222
    SHARES
  • अन्तरिम सरकारलाई देश जिम्मा लगाएर विदेश भागिँदैन : अध्यक्ष ओली

    काठमाण्डौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताउनुभएको छ । भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्न लागेको भन्ने विषयमा टिप्पणी गर्दै देश छाडेर नभाग्ने बताउनुभएको हो ।

    हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर आफूहरु विदेश नभाग्ने उहाँको टिप्पणी छ । उहाँले देशलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने दाबी गर्नुभयो । उहाँले सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको पनि बताउनुभयो ।

    यसैबीच जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेको सचिवालय बैठक भाेलि दिउँसो १ बजे गुण्डुमा रहेकाे ओली निवासमा बस्ने भएकाे छ । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend