Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग खेल्दै


इ खबर
१६, असोज २०८२
  • 256
    SHARES
  • नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग खेल्दै

     काठमाडौं - नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ । मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११:४५ बजेदेखि सुरु हुनेछ ।

    नेपालले मलेसियासँग हालसम्म ११ पटक टी-२०आई खेलेको छ जहाँ ७ खेलमा जित निकाल्दा ४ मा पराजित भएको छ ।

    पछिल्लोपटक नेपालले मलेसियासँग सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा खेलेको थियो जहाँ ४ विकेटले पराजित भएको थियो ।

    यस शृंखलाअघि तयारी स्वरूप नेपालका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियन सुपर वुमन सिरिजमा सहभागी भएका थिए । उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुले।

    नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो सिरिज खेल्न लागिएको हो ।

    आगामी अक्टोबर ८ सम्म शृंखलाका ५ खेल हुनेछन्।

    नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend