Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुण्डुबाट ओलीको सन्देश- नेतृत्व छाडिन्न, संसद् विघटन स्वीकार्य छैन


२३, असोज २०८२
  • 218
    SHARES
  • गुण्डुबाट ओलीको सन्देश- नेतृत्व छाडिन्न, संसद् विघटन स्वीकार्य छैन

    काठमाडौं– बिहीबार भक्तपुरको गुन्डुको एक कार्यक्रमबाट एमाले अध्यक्ष केपी ओलीको ‘कोर समूह’ले पार्टी नेतृत्व पुनर्गठन नहुने र संसद् विघटन स्वीकार नहुने सन्देश दिएको छ ।

    एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा ‘भेटघाट कार्यक्रम’को ब्यानरमा गरिएको कार्यक्रममार्फत अध्यक्ष ओली र पछिल्लो परिस्थितिमा उनको पक्षमा खुलेर लागेका नेताहरूले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टीभित्र नेतृत्व पुनर्गठनको माग गर्नेलाई पनि जवाफ दिएको हो ।

    कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो भनाइ राखेका थिए । तर, कार्यक्रममा ढिलो गरी सहभागी उपाध्यक्ष गुरुप्रसाद बराल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरूले भने कार्यक्रममा बोल्ने मौका पाएनन् । 

     पछिल्लो समयमा ओलीको स्वरमा पूर्ण एकता प्रदर्शन नगरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित ६ जना उपाध्यक्ष, अन्य पदाधिकारीको भने उपस्थिति थिएन ।

    कार्यक्रममा भनाइ राख्ने सबैले एमाले लगायत पुराना राजनीतिक शक्तिहरूमा कमजोरी नरहेको बरु जेन-जी आन्दोलन परिचालित रहेको, सरकार नेपाली जनताको पक्षमा नरहेको र पार्टीभित्र नेतृत्व पुनर्गठन बहस असान्दर्भिक रहेको भनाइ एक स्वरमा राखेका थिए ।

    जुन भनाइले एमाले जेन-जी आन्दोलनको भावनाअनुसार सच्चिने र उठ्ने होइन, पेलेर अगाडि बढ्ने सन्देश पनि दिन खोजेको बुझिन्छ । साथै, एमालेको मूल नेतृत्वले पार्टी र नेतृत्व यस विषयमा समीक्षा समेत गर्न तयार नभएको सन्देश सो कार्यक्रममार्फत दिन खोजेको छ ।

    जेन-जी आन्दोलनपछि परम्परागत मूलधारका पार्टीहरूले पछिल्लो समयमा बाक्लो उपस्थितिमा सार्वजनिक कार्यक्रम गर्न सकिरहेका छैनन् । तर, सोही बीचमा भक्तपुरको गुन्डुबाट एमाले नेता महेश बस्नेतले भने एमालेको नेतृत्व नै गरेर सरकार र जेन-जी आन्दोलनकारी विरुद्ध चुनौती दिने हिसाबले गतिविधि गर्ने स्तरको कार्यक्रम आयोजना गर्दै आएका छन् ।

    नेता बस्नेतकै गृह क्षेत्रमा सुरक्षाको अनुभूति हुने हिसाबले एमाले अध्यक्ष ओली पनि अस्थायी बसाइको लागि गएका छन् भने अन्य एमालेका केही नेता पनि बिहीबारको कार्यक्रममा गुन्डु पुगेका थिए ।

    आजको कार्यक्रमको सुरुवातमा हुँकारयुक्त भनाइ राख्दै नेता बस्नेतले पत्रकार किशोर श्रेष्ठदेखि बालेन हुँदै सरकारको विरोध गर्न भ्याए । उनले गुन्डुमा गलत उद्देश्य लिएर प्रवेश गर्नेलाई अचार बनाएर फर्काइदिने धम्की दिँदै लाखौँ एमालेलाई थुन्नका लागि जेल बनाउन सरकारलाई चेतावनी दिए । 

    त्यसपछि लामो समय खर्च गरेर बोलेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टी भित्र नेतृत्व पुनर्गठनको बहस सुरुवात गरेकातर्फ इंगित गर्दै जवाफ दिए । उनले पार्टीलाई एकता चाहिएको बेला पुनर्गठन बहस असान्दर्भिक भएको बताए ।

    ‘‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक प्रक्रिया हो। यो नियमित रूपमा हुन्छ पनि । तर अहिले जब पार्टीमाथि विभिन्न दिशाबाट आक्रमण भइरहेका छन्, त्यस्तो बेला पुनर्गठनको होइन, एकताको आवश्यकता छ’, उनले भने  ।

    विधान महाधिवेशन झण्डै सर्वसम्मतमा टुंगिएको भए पनि विशेषगरी जेन-जी आन्दोलनपछि एमालेमा अध्यक्ष केपी ओली, उपाध्यक्ष गुरुप्रसाद बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल बाहेकका पदाधिकारी नेतृत्व पुनर्गठनको एजेन्डामा एकीकृत हुँदै गएका छन् । जुन विषय अध्यक्ष ओली र उनको वरिपरि रहँदै आएको टिमको लागि चुनौती बन्दै गएको छ ।

    बिहीबारको कार्यक्रममार्फत महासचिव शंकर पोखरेलले पनि ओली नेतृत्व सरकारको बचाउ गर्दै जेन-जी परिचयको कडा विरोध जनाए । साथै, उनले ओलीको प्रतिरक्षा गर्दै सुशीला कार्की नेतृत्वको सरकारले नेपालको परम्परा मिचेको समेत आरोप लगाए ।

    उनले पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्न खोजेको प्रसंगतर्फ इंगित गर्दै नेपाली परम्परा विपरीत नेतृत्व विरुद्ध घृणा फैलाउन खोजेको आरोप समेत लगाए ।

    ‘‘द्वन्द्व भएको समयमा मानवीय क्षति भएको बेलामा कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ?’, उनले भने  ‘राणा शाहीको विरुद्ध आन्दोलनको समयमा प्रधानमन्त्री भएका मोहनशमशेरलाई ०७ सालको आन्दोलन पछाडि फेरि अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको समाज हो नेपाली समाज ?’

    साथै, महासचिव पोखरेलले वर्तमान सरकार चुनाव गराउन नचाहेको पनि आरोप लगाउँदै संसद् विघटन असंवैधानिक भएको भन्दै संसद् विघटनको संवैधानिक परीक्षण गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चुनौती दिएका छन् ।

    जेन-जी आन्दोलनपश्चात् पहिलो पटक लामो समय खर्च गरेर ओलीले जेन-जी सरकारको विरोध गर्दै संसद् विघटन असंवैधानिक भएको बताए । उनले सुशीला कार्कीले प्रधानमन्त्री बन्नकै लागि सार्वभौम संसद् विघटनको अडान लिएको समेत आरोप लगाए ।

    ‘‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो, संसद् तुरुन्तै संसद् भंग गर्न सिफारिस गर्छु, त्यो लागू गर्ने हो भने मात्रै प्रधानमन्त्री बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छ’, उनले भने ।

    साथै, उनले यो सरकार नेपालीको नभएको र नेपालीको प्रतिनिधित्व नगर्ने समेत बताए । अध्यक्ष ओलीले सरकार संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापनाका लागि फागुन २१ सम्म कुर्नु नपर्ने भन्दै संसद् पुनर्स्थापनाको मागमा जनता सडकमा आउने बताए ।

    ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ,’ उनले भने ।

    अध्यक्ष ओलीले आफूलाई काठमाडौं उपत्यका बाहिर जान नदिने निर्णय गरेको विषयलाई तमासाको भन्दै गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जेन-जी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई नमान्ने बताए ।

    तर, ओलीले सरकारको विरुद्धमा लामो भाषण खर्चिए पनि आफ्नो कमजोरीको समीक्षा भने गर्न चाहेनन् । जसले नेपाली राजनीतिमा फेरि ओली प्रवृत्ति र नयाँ पुस्ता टकराबको संकेत गरेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend