Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो


२४, असोज २०८२
  • 183
    SHARES
  • ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो

    काठमाण्डौ – जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ । गएको भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाण्डौमै फिर्ता गरिएको जानकारी दिनुभयो ।

    यसअघि जिल्ला प्रहरी परिसर काठमाण्डौमा परेको जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो । आयोगले एक विज्ञप्ति निकालेर फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने काम आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको छ ।

    आयोगलाई घटनाको भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटनाको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी त्यसको यकिन राय सुझाव दिनेसहितको प्रतिवेदन पेस गर्ने र  भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने तथा कारबाही सम्बन्धमा आवश्यक रायदिने कार्यादेश पाएको विज्ञप्तिमा उल्लेख छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend