Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भयरहित वातारणमा निष्पक्ष चुनाव हुने विश्वास दिलाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपतिको आग्रह


१, कात्तिक २०८२
  • 215
    SHARES
  • भयरहित वातारणमा निष्पक्ष चुनाव हुने विश्वास दिलाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपतिको आग्रह

    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष चुनाव हुन्छ भन्ने विश्वास राजनीतिक दल र आमनागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखहरूलाई पौडेलले यस्तो आग्रह गर्नुभएको  हो । उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा चुनाव गराउन सुरक्षा निकायहरूलाई आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    छलफलमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन आफूहरू सक्षम रहेको राष्ट्रपति पौडेललाई बताएका छन् ।

    यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावमा नजाने घोषणाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले असन्तुष्ट व्यक्त गर्नुभएको छ । आज बौद्धिक समुदायका अगुवाहरूसँग भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीले हिजो गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend