Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनावको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच छलफल हुँदै


४, कात्तिक २०८२
  • 250
    SHARES
  • चुनावको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच छलफल हुँदै

    काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको चुनावका लागि राजनीतिक वातावरण बनाउन आज दलहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

    कार्की प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल गर्न लाग्नुभएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने प्रधानमन्त्री कार्की पनि सहभागी हुनुभएको थियो ।

    नेपाली कांग्रेसले महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाशशरण महत जाने बताएको छ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनुहुनेछ ।

    नेकपा माओवादी केन्द्रले पम्फा भुसाल र वर्षमान पुनलाई पठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुनुहुनेछ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ जानु हुने जनाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी तथा जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी हुने बताइएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend