Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अध्यक्ष ओली दम्पतीको लागि गुण्डुमै 'ओली कुटी' निर्माण गरिने


७, कात्तिक २०८२
  • 193
    SHARES
  • अध्यक्ष ओली दम्पतीको लागि गुण्डुमै 'ओली कुटी' निर्माण गरिने

    भक्तपुर - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दम्पतीको लागि भक्तपुरको गुण्डुमा आवास निर्माण हुने भएको छ । गुण्डुबासीको पहलमा ओली दम्पतीको लागि आवास बन्न लागेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । 

    ओली दम्पतीको लागि  ‘ओलीकुटी’ निर्माण गर्न गुण्डुबासीले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आन्दालनकारी समूहले आगो लगाएर नस्ट गरेका थिए ।

    अध्यक्ष ओलीले सो घर राज्यको नाममा नामसारी गरिसकेको सो भवनमा महत्त्वपूर्ण पुस्तक तथा ओलीलाई जीवनभरि प्राप्त भएका विभिन्न उपहारहरू संग्रहित थिए । 

    सो घरमा भएका अमूल्य सामान तथा मूर्तिहरू लुटपाट गरेर लगिएको अध्यक्ष ओली दम्पतीको भनाइ छ । घर आगो लगाएर पूर्णरुपमा ध्वस्त बनाइएको छ । बस्नेतले टबालकोटमा भवन जलेको ठाउँमा नयाँ भवन नबाउने बताउनुभयो । अध्यक्ष ओलीको लागि गुण्डुमा नै  ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा उहाँले गर्नुभएको छ । 

    ओली दम्पतीले बस्नेत र एमाले नेताको साथमा बालकोटमा जलेको अध्यक्ष ओलीको घर अवलोकन गर्नुभएको छ । भग्नावशेष बनेको सो भवनको अवलोकन पछि बस्नेले ओलीको लागि गुण्डुमा नै आवासको व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो । 

    ‘ओलीकुटी’ निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिनुभयो । ‘अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको सङ्कल्प, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् । म आफू संयोजकको भूमिकामा रहनेछु’ बस्नेतले भन्नुभयो। भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्न लागिएको बस्नेतले बताउनुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend