Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नवनियुक्त दुई मन्त्रीको शपथ, तेस्रोपटक विस्तार हुँदा मन्त्रिपरिषद् १० सदस्यीय बन्यो


९, कात्तिक २०८२
  • 211
    SHARES
  • नवनियुक्त दुई मन्त्रीको शपथ, तेस्रोपटक विस्तार हुँदा मन्त्रिपरिषद् १० सदस्यीय बन्यो

    काठमाण्डाै – नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ ग्रहण गराउनुभएको हो ।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिश गर्नुभएको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिश सुनारको नाम हटाउनुभयो । यस्तै भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिश गरिएका श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ । श्रेष्ठको नाम फिर्ता हुनुको कारण खुलाइएको छैन ।

    योसहित कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । अब मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । आज नियुक्त स्वास्थ्यमन्त्री गाैतम प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवम् भूतपूर्व स्वास्थ्यसचिव हुनुहुन्छ भने युवामन्त्री गुप्ता परोपकारी सङ्गठन हन्ड्रेड ग्रुपका संस्थापक हुनुहुन्छ ।

    अहिले सङ्घीय कार्यपालिकामा २१ वटा मन्त्रालय छन् । तर मन्त्री कार्कीले यसअघि मन्त्रिमण्डल ११–१२ सदस्यीय मात्र हुने बताउनुभएको थियो । जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभएको हो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend