Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै


१५, कात्तिक २०८२
  • 180
    SHARES
  • महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौँ  । ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा औपचारिक छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ बजे बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

    अधिकारीका अनुसार मङ्सिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुनेछ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्ध्मा अर्यालले  पोखराको वस्तुस्थितिका बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना छ ।

     बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको सङ्ख्या, प्रतिनिधि छनौटको आधार आदि विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् । 

    बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend