Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो, महाधिवेशनको कार्यतालिकामा सहमति जुटेन


१५, कात्तिक २०८२
  • 99
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो, महाधिवेशनको कार्यतालिकामा सहमति जुटेन

    काठमाडौँ । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ।

    निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको बताए।

    प्रवक्ता महतले सहमति नजिक पुगेको अनुभव गरेको बताउँदै भने,  ‘१५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचनपछि गर्दा राम्रो हुन्छरु भन्ने विषयमा नै मतान्तर हो। यसमा धेरै हिसाबले हामी नजिक आएको महसुस मैले गरेको छु। र, एउटा समान निष्कर्षमा हामी पुग्छौँ भन्ने मलाई लागेको छ।’

    उनले केन्द्रीय समितिले सहमतिबाटै एउटा समान दृष्टिकोण बनाएर टुङ्ग्याउने विश्वास व्यक्त गरे। नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिबारे विवाद छ । संस्थापन पक्ष आगामी आम निर्वाचनपछि वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडानमा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्ष भने निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ।

    यही विवादका कारण चालू केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend