Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन


१६, कात्तिक २०८२
  • 95
    SHARES
  • शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन

    काठमाण्डौ – काठमाण्डौ उपत्यकामा फोहोर व्यवस्थापन जटिल बनेपछि शहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट अनुगमन गर्नुभएको छ । स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित निकाय तथा स्थानीय प्रतिनिधिसँग छलफलका लागि उहाँले बञ्चरेडाँडाको अनुगमन गर्नुभएको हो ।

    काठमाण्डौ महानगरपालिका र अन्य पालिकाबाट गरी काठमाण्डौ उपत्यकाभित्र दैनिक एक हजार दुई सय टनभन्दा धेरै फोहोर उत्पादन हुने गरेको छ । सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक व्यवस्थापन ठाउँको रूपमा विकास गरिएको थियो ।

    मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे जानकारी लिनुभएको छ । फोहोर विसर्जनले वातावरणीय प्रदुषण, पानीका मुहानमा असर, स्वास्थ्यमा जोखिमलगायतका समस्या पटक–पटक उठ्ने गरेको छ ।

    स्थानीयबासिन्दासँग विगतमा सरकारले १८ बुँदे सहमति गरे पनि कार्यान्वयन नभएको गुनासो छ । अहिले स्थानीयबासिन्दाले फोहोर लैजान रोकेका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रक्रियालाई कडाइका साथ लागू गर्न र स्थानीयसँगको सहमति कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend