Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समय सीमा अनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन


१०, साउन २०८०
  • 124
    SHARES
  • समय सीमा अनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन
    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । 
    अर्थ मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले १५ साउनदेखि समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिनुभएको हो । 
     
    मन्त्री महतले भन्नुभयो, “डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्छ, डिपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डिपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ, कात्तिकभित्र ठेक्का लगाउनैपर्छ ।”
     
    कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको स्वीकार गर्दै उहाँले ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा ल्याउनसमेत निर्देशन दिनुभयो । उहाँले एक महिनाभित्र आएको बिल अर्थ मन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
     
    स्रोत सुनिश्चितता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्री डा महतले निर्देशन छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend