Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मन्त्री र सचिवसँग प्रधानमन्त्रीले मागिन् कार्यप्रगति


१७, कात्तिक २०८२
  • 196
    SHARES
  • मन्त्री र सचिवसँग प्रधानमन्त्रीले मागिन् कार्यप्रगति

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएयता भएगरेका कामहरुको मन्त्री र सचिवहरुसँग कार्यप्रगति विवरण मागेकी छन् ।

    सोमबार सिंहदरवारमा मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले कार्यप्रगति विवरण मागेकी हुन् ।

    ‘बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्दैछन्’, प्रधानमन्त्री कार्कीको सचिवालयले भन्यो, ‘मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन समेत दिनुहुनेछ ।’

    जेनजी आन्दोलनबाट केपी ओली नेतृत्वको सरकार विस्थापित भएपछि गत भदौ २७ गते कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने प्रमुख म्यान्डेट कार्की नेतृत्वको सरकारले पाएको छ ।

    प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको ५० दिनपछि कार्यप्रगतिका लागि मन्त्री र सचिवहरुको बैठक बोलाएकी हुन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend