Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पार्टी दुई–तीन जना नेताको बन्धक बनेको कांग्रेस संस्थापन पक्षीय नेताहरूको आरोप


१७, कात्तिक २०८२
  • 199
    SHARES
  • पार्टी दुई–तीन जना नेताको बन्धक बनेको कांग्रेस संस्थापन पक्षीय नेताहरूको आरोप

    काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा छुट्टै छलफलमा जुटेका छन्।

    पार्टीको इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष आगामी निर्वाचनपछि मात्र महाधिवेशन धकेल्ने पक्षमा देखिएको छ।

    छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनका लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

    पार्टी केन्द्रीय सदस्य गुरु बरालले छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श भइरहेको बताए।

    बरालले भने, ‘पार्टीको आन्तरिक जीवनलाई नै बलियो बनाउने गरी हामीले महाधिवेशनको तिथिमिति तोकेर जानुपर्छ। यस कुरामा हामी प्रष्ट छौँ। हामी निर्वाचनलाई नकार्न सक्दैनौँ, हामी निर्वाचनमा भाग लिन्छौँ। निर्वाचन र महाधिवेशनको तयारी सँगसँगै कसरी हुनसक्छ? यो पनि अहम् प्रश्न छ।’

    • ‘पार्टी एक-दुई नेताको बन्धक’

    नेता बरालले पछिल्लो समय पार्टी एक-दुई जना नेताको बन्धक बनेको भन्दै आक्रोश व्यक्त गरे। उनले आजको छलफलबाट केन्द्रीय समितिमा नयाँ प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी दिए।

    महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन। अब अर्को केन्द्रीय समितिको बैठक मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend