Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

घर फर्कनेलाई ढोका खुला छ, नीति र नेतृत्वमा विवाद गर्न पाइँदैन : शंकर पोखरेल


१७, कात्तिक २०८२
  • 196
    SHARES
  • घर फर्कनेलाई ढोका खुला छ, नीति र नेतृत्वमा विवाद गर्न पाइँदैन : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला भएको बताएका छन् ।

    सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

    नेकपा एकीकृत समाजवादी फुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घर फर्कन नेताहरूलाई अपिल गरेका थिए ।

    यसैबीच सोमबार पोखरेलले पनि घर सन्तानहरू फर्कंदा कुनै अनुमति लिन नपर्ने बताए । तर, घर फर्कंदा पार्टीको नीति र नेतृत्वमा भने विवाद गर्न नपाइने शर्त राखेका छन् ।

    ‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौं । आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन । घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ ? आउनुस्,’ उनले भनेका छन् ।

    क्षमताका आधारमा पार्टीले तपाईंहरूलाई यथोचित जिम्मेवारी प्रदान गर्ने पनि उनले बताए ।

    ‘तर, शर्त एउटै छ नीति र नेतृत्वका प्रश्नमा चाहीँ सहमति गरेर आउनुस् । बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन । यी दुई वटा प्रश्नमा सहमत हुने जो कोहीका लागि नेकपा एमालेको ढोका सधैं खुला छ,’ पोखरेलले भनेका छन् 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend