रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका-२ नुवागाउँ रामपुरका खिम बहादुर विकका २ बर्षका छोरा टोप बहादुर विकको आज बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ।
बिहानको साढे ९ बजेको समयमा आमा निशानी विकले घरमा खाना पकाउदै गरेको समयमा छोरा टोप बहादुर विक घर देखी ६० मिटर टाढा खेल्ने क्रममा सिचाई पोखरीमा डुबेर घाइते भएका थिए ।
घाइते बालकको स्वास्थ्य चौकी होलेरी रोल्पामा उपचारको क्रममा साढे १० बजे मृत्यु भएका प्रहरीले जनाएको छ।