Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी


१८, कात्तिक २०८२
  • 93
    SHARES
  • मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी

    काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न नमिल्ने बताएका छन् ।

    सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले कांग्रेस संस्थापन पक्षतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । उनले एमालेले महाधिवेशन गर्ने तर राष्ट्रिय मुद्दाको नेतृत्व गरेको कांग्रेसले गर्न नसक्ने भन्ने नहुने प्रष्ट पारेका हुन् ।

    नेता भण्डारीले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउने र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न मिल्दैन ।’

    पछिल्लो समय देशमा देखा परेका राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ ।

    कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउछ। कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन ।’

    कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइसकेकाले यसलाई रोक्न नहुनेमा जोड दिएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend