Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माओवादी केन्द्रद्वारा पार्टी एकता प्रस्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने


१८, कात्तिक २०८२
  • 143
    SHARES
  • माओवादी केन्द्रद्वारा पार्टी एकता प्रस्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

    काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न आठ वटा दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ ।

    आज बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी हुने भएको छ ।

    पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने भएको छ । नेता सापकोटाले पार्टी एकता राष्ट्रिय सम्मेलन भोलि काठमाण्डाैमामा आयोजना गरिने पनि बताउनुभयो ।

    यसैबीच नेकपा (माओवादी केन्द्र) छाडेर प्रगतिशील अभियान घोषणा गर्नुभएका नेता जनार्दन शर्माले देशको आउँदाे नेतृत्व युवा पुस्ताले लिने गरी देशव्यापी अभियान चलाउने बताउनुभएको छ ।

    यस्तै अर्का नेता राम कार्कीले समाजवादी विचारधारा भएका सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । वाम ध्रुवीकरणको घोषणाका लागि प्रचण्डसँग असन्तुष्ट शर्मा र कार्कीले आज ललितपुरमा पत्रकार सम्मेलन गर्नुभएकाे हाे ।

    माओवादीको यो असन्तुष्ट पक्षले एकीकृत समाजवादीको झलनाथ खनाल, घनश्याम भुसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालबीच मोर्चाबन्दीको तयारी गरिरहेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend