Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माओवादी केन्द्र, नेकपा एससहित विभिन्न दल र समूहको आज एकता घोषणा हुँदै


१९, कात्तिक २०८२
  • 123
    SHARES
  • माओवादी केन्द्र, नेकपा एससहित विभिन्न दल र समूहको आज एकता घोषणा हुँदै

    काठमाण्डौ – माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका विभिन्न आठ समूहले आज एकता घोषणा गर्दैछन् ।

    काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा उनीहरुले आज दिउँसो एकता घोषणा गर्न लागेका हुन् । एकता घोषणा सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने तयारी छ ।

    माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ राजनीतिक दलले गएको आइतवार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) रहने जनाएका छन् । चुनाव चिह्न पाँचतारे तारा रहने भएको छ । तर एकतामा नजाने र असंतुष्ट यी दल र समूहका नेताहरु भने अलग्यै छलफल र अरु दलको शीर्ष नेतृत्वसँग छलफलमा जुटेका छन् ।

    नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास भक्तपुरको गुन्डुमा पुगेर भेटवार्ता समेत गर्नुभएको छ । माओवादी केन्द्र सहितका दलले एकता गर्ने निर्णयपछि एकीकृत समाजवादी सम्मानित नेता खनालसहितका नेताहरू असन्तुष्ट रहेका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend