Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन


१९, कात्तिक २०८२
  • 228
    SHARES
  • नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

    काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । आज काठमाण्डौको भृकटीमण्डपमा आयोजित एकता सम्मेलनले नवगठित पार्टीको नामसहित विवरण पारित गरेको हो ।

    सम्मेलनले पारित गरेको ९ बुँदे प्रस्तावमा पार्टीको नाम, चुनाव चिह्नलगायतका विवरण छन् । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको छ । चुनाव चिह्न ‘पाँचकुने तारा’ रहेको छ । एकतामा आएका सबै दलका सदस्य नेपाली कम्युनिस्ट पार्टीका सदस्य कायम हुनेछन् ।

    नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनिनुभएको छ । नेता महिन्द्रराय यादवले प्रस्ताव गरेपछि सभाले अनुमोदन गरेको हो ।

    एकता सम्मेलनमा नेता देव गुरुङले २३ बुँदे प्रतिबद्धता प्रस्तुत गर्नुभयो । जसमा सङ्घीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको सङ्ख्या घटाउने, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, नागरिकप्रति निष्ठावान् रहेने, मार्क्सवाद र लेनिनवाद सिद्धान्त नेपालमा सिर्जनात्मक ढङ्गले लागू गर्ने, वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अङ्ग रूपान्तरण उल्लेख छ ।

    यस्तै सुशासनका लागि निरन्तर प्रयत्न रहने, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्ने, राज्यको सेवा प्रवाह छिटो छरितो, आधारभूत सेवामा नागरिकलाई जोड्ने, सबै खालेका शोषण दमन अन्त्य गर्न सङ्घर्षरत रहने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    एकीकृत पार्टीबीच आउँदो ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने दलहरूबीच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुने उल्लेख छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend