Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


२१, कात्तिक २०८२
  • 221
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन । 

    बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाना, विनोद चौधरी, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रुपा विक, कल्याणी रिजाल, अनीलकुमार रुँगटा, धना खतिवडा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आआफ्नो धारणा राखेका थिए ।

    बैठकमा फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुन:स्थापनालगायत समसामयिक विषयमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् । 

    बैठकमा संस्थापन र संस्थापनइतर पक्षले आआफ्नै पक्षको पक्षपोषण गर्दै धारणा राखिरहेका छन् । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend