काठमाण्डौ – श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
यस अघि आजै भएको पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको थियो । अब फाइनलमा नेपाल कीर्गिस्तानबचिको खेल भोलि हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो ।