Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आत्मविश्वास बोकेर नडराइ अघि बढ्न निजी क्षेत्रलाई प्रधानमन्त्री कार्कीको आह्वान


२२, कात्तिक २०८२
  • 219
    SHARES
  • आत्मविश्वास बोकेर नडराइ अघि बढ्न निजी क्षेत्रलाई प्रधानमन्त्री कार्कीको आह्वान

    काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आत्मविश्वासका साथ अघि बढ्न उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गर्नुभएको हो । अहिले आशंका र भय पाल्ने बेला नभइ हातेमालो गर्ने बेला रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

    सरकार आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको चुनावको तयारीमा जुटेको जानकारी गराउँदै उहाँले चुनावमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा देश अगाडि बढाउने बताउनुभयो । उहाँले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी पनि दिनुभयो । इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरु पोसिने अवस्था नरहने उहाँको भनाइ छ ।

    जेनजी आन्दोलनको घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend