Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विशेष महाधिवेशन टार्ने हो भने पुस २९ अघि १५ औं महाधिवेशन गर्नुपर्छ : नेता शिवाकोटी


२३, कात्तिक २०८२
  • 397
    SHARES
  • विशेष महाधिवेशन टार्ने हो भने पुस २९ अघि १५ औं महाधिवेशन गर्नुपर्छ : नेता शिवाकोटी

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशन टार्ने हो भने पुस २९ गतेअघि १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

    सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टी नेतृत्वलाई स्पष्ट रूपमा चुनौती दिँदै भनेका छन्, “यदि तपाईंहरू विधान मान्नुहुन्छ भने मंसिरभित्रै महाधिवेशन गर्न तयार हुनुस् ।

    विशेष महाधिवेशन टार्ने हो भने पुस २९ अघि १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जनाउनुस् अन्यथा विधानले बाध्य बनाउने विशेष महाधिवेशन रोक्न सकिँदैन।” शिवाकोटीले पार्टी नेतृत्वमा देखिएको गुटगत प्रवृत्ति, आन्तरिक असहयोग र नेतृत्वको ढिलासुस्तीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले “कहिले महाधिवेशन प्रतिनिधिको म्याद सकियो भनिन्छ, कहिले ५४ प्रतिशत नभएको तर्क निकालिन्छ ।

    मिलाउने भन्दा पनि थप ध्रुवीकृत बनाइएको छ । शिवाकोटीले भने कार्यवाहक सभापतिज्यू, अब पनि निर्णयमा ढिलाइ भयो भने पार्टी झन् संकटमा पर्छ।”पार्टीले अब चुनाव भन्दा अघि नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनको बाटो रोज्ने भन्ने निर्णय तत्काल गर्नुपर्छ ।

    “कार्यसमितिमा रहेको बहुमतको बलमा विशेष महाधिवेशन रोके के हुन्छ, पार्टीले सोच्नुभएको छ?” भन्दै उनले चेतावनी दिए - “विधानभन्दा माथि कोही छैन।” नेता शिवाकोटीले बैठकमा बोल्ने क्रमामा कार्यकर्ताको भावना र असन्तुष्टिलाई प्राथमिकता दिन आग्रह गरे । उनले “कार्यकर्तालाई अनुदानको वस्तु ठान्नुभयो, संवाद गर्नुभएन, निर्देशन मात्र दिइरहनुभयो ।

    पार्टीभित्रका ‘नेपोकिड्स’ शैलीमा हुर्किएका नेताहरू अहिले पनि कार्यकर्तालाई अपमान गरिरहनुभएको छ । अब कार्यकर्तालाई सुन्नुस्, नहेप्नुस्।”उनले परम्परागत मतदाता वर्गले कांग्रेसलाई चेतावनी दिइरहेको बताए । कांग्रेसको पुरानो मतदाता र नयाँ पुस्ता दुवै पार्टीप्रति आक्रोशित छन् । “नयाँ पुस्ताको आक्रोश हामीले बारम्बार बैठकमा सुनायौं तर कानमा कपास खाँदेर बस्नुभयो ।

    यो रवैया अब पार्टीका लागि घातक बन्नेछ,” उनले भने । शिवाकोटीले आफ्नो सम्बोधनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन केवल आक्रोशको विस्फोट थिएन, दशकौँदेखि थिचिएको नागरिक असन्तोषको विस्फोट थियो।

    त्यसलाई बुझ्ने प्रयास नगरे कांग्रेसले फेरि जनताको विश्वास गुमाउनेछ । “०४६ सालदेखि बनेका सरकारले सुशासन, पारदर्शिता र अवसरको समानताको प्रत्याभूति गर्न सकेनन् ।

    नेता शिवाकोटीले भने, “असोज २९ गते दर्ता भएको प्रस्ताव अनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता हुँदाहुँदै पनि त्यसलाई नजरअन्दाज गर्दै हस्ताक्षरकर्तालाई अपमान गरिँदैछ ।

    करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गरिसकेका छन्, त्यसलाई रोक्ने अधिकार कसैसँग छैन । शिवाकोटीले पार्टीमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न जोड दिएका छन् ।

    उनले प्रस्ताव गरे, “वडादेखि जिल्ला तहसम्म ३० वर्ष मुनिका युवाको प्रतिनिधित्व अनिवार्य गरियोस् । यस वैठकले कम्तीमा १५ प्रतिशत जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने संकल्प गरोस्।” त्यस्तै, उनले ४० वर्ष मुनिका युवालाई कम्तीमा ५० प्रतिशत प्रत्यक्ष उमेदवार बनाउने नीति अवलम्बन गर्न माग गरेका छन् । “समय बलवान हुन्छ, सत्ताले होइन । समयलाई नबुझी अघि बढ्नेहरू इतिहासमा हराउँछन्,” भन्दै उनले पार्टी नेतृत्वलाई आत्मसमिक्षा गर्न समेत आह्वान गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend