Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन


२३, कात्तिक २०८२
  • 208
    SHARES
  • पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन

    काठमाडौँ । नेकपा एमालेले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन लागि महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका छन् ।

    महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने सङ्ख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झन्डा, व्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिएका हुन् ।

    जनपरिचालनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न पोखरेलको निर्देशन छ । घनावस्ती भएका ठाउँमा जनसङ्ख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलले जनाएका छन् ।

    यस्तै जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न पनि महासचिव पोखरेलले कार्यकर्तालाई निर्देशन दिएका छन् । जनप्रदर्शनका क्रममा भिडियो/फोटोहरू सामाजिक सञ्जालमा व्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरू आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन छ ।

    गत असोज २९ देखि ३१ गतेसम्म भएको एमाले केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार कात्तिक २२ गते सबै वडाहरूमा एमालेले भेला सम्पन्न गरेको छ ।

    unnamed

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend