Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमालेले बोलायो विघटित प्रतिनिधि सभा सांसदको भेला


२४, कात्तिक २०८२
  • 161
    SHARES
  • एमालेले बोलायो विघटित प्रतिनिधि सभा सांसदको भेला

    काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ ।

     

    नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले संसदीय दलको बैठक बोलाएको जानकारी गराएका छन् ।

    ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु’, बर्तौलाले भनेका छन् ।

    नेकपा एमालेले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएको छ । सोही अनुसार एमालेले कात्तिक २२ गते देशभरका वडा कार्यालय तथा कात्तिक २५ गते देशभरका गाउँपालिका तथा २९ गते जिल्ला सदरमुकाममा प्रदर्शन तथा भेला बोलाएको छ ।

    काठमाडौँ उपत्यकामा मंसिर ६ गते विशाल प्रदर्शन गर्ने एमालेको तयारी छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन पनि गरिरहेको छ ।

    एमालेसँगै कांग्रेस पनि सांसदको हस्ताक्षर संकलनमा जुटेको छ । जेनजी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend