काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन् ।
महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै २१ फागुनमा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचय पत्र बनाउन आग्रह गरेका हुन् ।
‘फागुन २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ महामन्त्री थापाले भिडियोमा आग्रह गर्दै भनेका छन्- ‘चुनावमा भोटरको रूपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ ।
६ दिन भित्रमा रजिस्ट्रेसन गराउनुहोला ।’