Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दुई दिन स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

पार्टीको १५ औँ महाधिवेशनबारे अझै पनि छलफल जारी


२५, कात्तिक २०८२
  • 248
    SHARES
  • दुई दिन स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

    पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा आइतबार र सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो।

    असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे अझै पनि छलफल जारी छ।

    करिब एक महिनादेखि जारी बैठकमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद पेचिलो बन्दै गएको छ। संस्थापन पक्षले महाधिवेशन गर्ने योजना बनाएको छैन। अर्को पक्षले भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनैपर्ने अडान अगाडि सारेको छ। बैठकमा कांग्रेसमा दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनत कार्यतालिका प्रस्तुत गरिसकेका छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend