काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले भारतको दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले दुःखको घडीमा नेपाल भारतको साथमा रहेको उल्लेख गर्नुभएको छ ।
दिल्लीको लालकिल्ला रेल स्टेशन नजिक गएराति भएको विस्फोटमा आठ जनाको ज्यान गएको छ ।