Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

“राजनीतिक अस्थिरता र निराशाको घडीमा कांग्रेस एक भएर जनादेशमा जानुपर्छ”- नेतृ निर्मला क्षेत्री


२६, कात्तिक २०८२
  • 450
    SHARES
  • “राजनीतिक अस्थिरता र निराशाको घडीमा कांग्रेस एक भएर जनादेशमा जानुपर्छ”- नेतृ निर्मला क्षेत्री

    बुटवल - नेपालमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरता र निराशाको अवस्थाप्रति नेपाली कांग्रेस नेतृ निर्मला क्षेत्रीले गम्भीर चिन्ता व्यक्त गरेकी छन् । उनले पार्टीभित्रको मतभेद र गुटगत स्वार्थलाई अन्त्य गर्दै, नेपाली कांग्रेसलाई एकजुट बनाएर ताजा जनादेशको तयारीमा जुट्न नेतृत्वलाई आग्रह गरेकी छन् ।

    कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक समेत रहेकी क्षेत्रीले अहिलेको परिस्थितिलाई सामान्य नठान्न चेतावनी दिँदै भनिन् “यो केवल संगठन चलाउने समय मात्र होइन, कांग्रेसको अस्तित्व र जनताको आशा पुनःजागृत गर्ने निर्णायक घडी हो ।” उनका अनुसार देशभर निराशा र अन्योलको वातावरण फैलिँदै गएको छ, जसको अन्त्य राजनीतिक नेतृत्वको दृढता, सहकार्य र नयाँ सोचबाट मात्र सम्भव छ ।

    त्यसको नेतृत्व केबल कांग्रेसले मात्र गर्न सक्छ । क्षेत्रीले भनिन् - “अहिले देश निराशाको अवस्थामा छ । नेतृत्वले देशको आवश्यकता, कार्यकर्ताको भावना र जनताको अपेक्षा बुझ्नुपर्छ ।

    व्यक्तिगत स्वार्थभन्दा देश र जनभावनालाई प्राथमिकता दिनुपर्ने समय यही हो ।” नेपाली काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागकी सचिव समेत रहेकी नेतृ क्षेत्रीले, पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा ठोस छलफल र निर्णयमार्फत देशलाई निकास दिनुपर्नेमा जोड दिइन् ।

    उनले ठोकुवा गर्दै भनिन् - “जति ढिलो गरिन्छ, त्यति नै देश र पार्टी कमजोर बन्छ ।” क्षेत्रीले कांग्रेसभित्र देखिएको अविश्वास र गुटगत मानसिकताले संगठनलाई कमजोर बनाएको भन्दै सहकार्य, सहमति र सामूहिक निर्णयको संस्कार पुनःस्थापित गर्नुपर्नेमा सुझाव दिइन् ।

    उनका अनुसार, लोकतन्त्र र राष्ट्रिय स्थायित्व जोगाउने जिम्मेवारी अहिले पनि नेपाली कांग्रेसकै काँधमा छ । आगामी निर्वाचनको तयारीबारे बोल्दै कांग्रेस महासमिति सदस्य समेत रहेकी नेतृ निर्मलाले भनिन् “निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा होइन, राष्ट्र निर्माण र लोकतान्त्रिक मूल्य पुनःस्थापना गर्ने अवसर हो ।”त्यसको लागि आवश्यक परे कांग्रेस तैयार हुनुपर्छ ।

    उनले कांग्रेसले अब नीतिमा आधारित स्पष्ट वैचारिक विकल्प सहित जनतामाझ जानुपर्ने आवश्यकता औंल्याइन् । नेतृ क्षेत्रीको भनाई छ “कांग्रेसको अस्तित्व जनताको मनभित्र छ । त्यो भावनालाई पुनः सक्रिय गर्न हामी सबैले मिलेर अघि बढ्नुपर्छ ।” क्षेत्रीले जोड दिँदै भनिन् “देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक निरन्तरता र जनविश्वासका लागि अब ढिलाइ होइन, निर्णायक कदम कांग्रेसले चाल्नु आवश्यक छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend