Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सरकार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुको जोड


इ खबर
२६, कात्तिक २०८२
  • 213
    SHARES
  • सरकार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुको जोड

    काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले निर्वाचनसम्बन्धी छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

    बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले निर्वाचन केन्द्रित छलफलमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन ।

    बैठकमा बोल्दै सांसद पदमबहादुर परियारले राष्ट्रिय महत्वको विषय भएकाले निर्वाचनको विषयमा सरकारले व्यापक छलफल अघि बढाउनुपर्ने बताए । 

    उनले समितिले पनि सरकारलाई बोलाएर निर्वाचनको तयारीको बारेमा छलफल गर्नुपर्ने बताए । 

    सांसद परियारले भने,‘यो निर्वाचन सम्बन्धी ऐनहरू आउँदै छ । निर्वाचन हुँदै छ । यसलाई फोकस गरेर केही छलफल राखाैँ । यो सार्वजनिक नीति नै भएकाले सोहीअनुसार छलफल अघि बढाउनु पर्छ । खासगरी निर्वाचन सम्बन्धी विषय समसामयिक पनि छ । यो राष्ट्रिय महत्वको विषय पनि भयो । यसको छलफल गरौँ।’

    निर्वाचन हुने अवस्था मुलुकमा नरहेको पनि सांसदहरूले जिकिर गरे छ । सांसद सुमित्रा बिसीले मन्त्रीहरूकै राजीनामा माग्न थालिएको भन्दै फागुन २१ गते निर्वाचन हुने वातावरण नरहेको बताइन् । 

    उनले निर्वाचनको वातावरण बनाउनका लागि सरकारले शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने काम गर्न नसकेको आरोप समेत लगाइन् । 

    सांसद बिसीले भनिन्,'यो निर्वाचनको बारेमा छलफल तत्काल गर्नुपर्ने देखिन्छ । अहिले पनि म आफूलाई लागेको विदेशमा भएका नेपालीहरूले भोट हाल्ने कुरा त्यति सुरक्षित र व्यवहारिक हुँदैन होला अहिले मलाई लागि राखेको छ ।

    यसमा अलि व्यापक छलफल गर्नु पर्छ । अहिले यो शान्ति सुरक्षाको कुराहरू छन् । जेलबाट निस्केकाहरूले बाहिरको क्षति गर्ने त छ नै । घर परिवारकै सदस्यलाई टुक्राटुक्रा पारेको समाचार आइरहेको छ । ६  महिनामा चुनाव गर्ने भन्ने छ । समय परिस्थिति हेर्दाखेरी स्वयम सरकारको स्थिति हेर्दा पनि भएका मन्त्रीहरूको पनि राजीनामा माग्न थालिएको छ । त्यसैले निर्वाचन हुने अवस्था देखिँदैन ।’

    सांसद गोमादेवी तिमिल्सिनाले सङ्घीय संसद्को सेवा सुविधा कटाउने र घटाउने काम गरेको भन्दै सरकारको आलोचना गरे । उनले जेनजी आन्दोलनले ध्वस्त बनाएका दस्ताबेजहरूको खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । 

    सांसद तिमिल्सिनाले भनिन्,‘अर्थमन्त्रीले हाम्रो पाइरहेका सुविधा पनि घटाएको, कटाएको अवस्था छ । त्यो पनि छलफल गरिएको छ अरू समितिहरूमा । हामीले पनि सरकारका प्रतिनिधिहरू बोलाएर यो विषयमा छलफल गर्नुपर्छ । अर्को राष्ट्रिय महत्वका दस्ताबेजहरूको बारेमा जस्तो अहिले आगलागी भयो नि । यो दस्ताबेजहरू खोजेर पाइन्छ, पाइँदैन ? यसको खोजी गर्न जरुरी छ ।’

    सांसद तिमिल्सिनाले मुलुकको अवस्थाबारे जानकारी लिन पनि समितिले सरकारका प्रतिनिधिहरू छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताइन् । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend