Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै


२८, कात्तिक २०८२
  • 182
    SHARES
  • कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो ।

    विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुनेछ ।

    उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।

    ठीक एक महिनाअघि २८ असोजबाट सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथिमितिबारे विवाद छ । संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचपछि मात्रै महाधिवशेन गर्नपर्ने बताइरहेको छ ।

    कांग्रेसको संस्थापन इरत समूह भने निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । आगामी पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने इतर समूहको तर्क छ ।

    केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारदेखि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । अर्को बैठक शनिबार दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend