Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह


२८, कात्तिक २०८२
  • 200
    SHARES
  • सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीको अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरेर अनलाइनबाट नाम दर्ता गर्दा सर्भर अवरुद्ध भएर सेवा रोकिने समस्याको समधान गर्न आग्रह गरेकी हुन् ।

    निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अनलाइनबाटै आवेदन लिन थालेपछि चाप बढेको छ । कार्यालयहरूमा चाप बढेसँगै आयोगले राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूको हकमा अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने गरी अनलाइन पोर्टल सुरु गरेको छ ।

    तर, अनलाइनमा आवेदनकर्ताको चाप बढेर सर्भर नै अवरुद्ध हुन थालेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरिरहेको छ । प्रधानमन्त्री कार्कीले आवश्यक प्रवन्ध गरेर अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न आयोगलाई आग्रह गरेकी छन् ।

    टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले नाम दर्ताको समयावधि समेत थप गर्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई आग्रह गरेकी छन् ।

    भण्डारीले नाम दर्ताको समय सीमा पाँच दिन थप गर्न सकिने बताएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताए । आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम समय सीमा ३० कात्तिकसम्म निर्धारण गरेको छ ।

    तर, नाम दर्ता गर्नेको चाप बढेसँगै आयोगले प्रधानमन्त्री कार्कीको आग्रह अनुसार पाँच दिन थप गर्ने तयारी गरेको आयोग स्रोतले बतायो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend