Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल


२९, कात्तिक २०८२
  • 198
    SHARES
  • एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

    बाँके । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले सङ्कटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताएका छन्। पार्टीले आयोजना गरेको 'प्रतिगामी षड्यन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम' अन्तर्गत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान देशको सङ्कटको निकास एमालेको अगुवाइमा मात्र सम्भव रहेको बताएका हुन्।

    भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षड्यन्त्र भएको उनको भनाइ छ। सिंहदरबार, सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज्यमाथि गम्भीर अपराध गरिएको उनको भनाइ छ। यसमा को को संलग्न थिए भन्ने कुरा खुल्दै जाने पोखरेलले बताए।

    यस विध्वंसमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहको संलग्नताप्रति लक्षित गर्दै पोखरेलले भने, ‘देशैभरीका धेरै स्थानीय तह र वडा कार्यालयहरू जलाइए। तोडफोड गरिए। तर काठमाडौँ महानगरमा केही गरिएन। वडाहरूमा केही गरिएन। शीतलनिवास जलाइयो, छेउमै रहेको निर्मल निवासमा एउटा ढुङ्गा पनि लागेन। यसबाट यो आगजनी र तोडफोडमा को संलग्न छ भनेर सहजै बुझ्न सकिन्छ।’

    महासचिव पोखरेलले एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकाले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताए।

    पोखरेलले भने, ‘एमालेका नेता कार्यकर्ता लोकतन्त्र प्राप्तिका लागि लामो समय जेल बस्यौँ। लामो समय भूमिगत बस्यौँ। त्यसैले हामीलाई सङ्कटसँग जुध्ने अनुभव छ। षड्यन्त्रकारीलाई लागेको थियो पार्टी कार्यालय जलाएपछि एमाले सकिन्छ। घर जलाएपछि नेता कार्यकर्ता सकिन्छन्। तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरू कुनै शक्ति देख्नु भएको छ?’

    उनले राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरेका छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend