Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई


३०, कात्तिक २०८२
  • 190
    SHARES
  • सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई

    काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देश इतिहासकै सबैभन्दा अन्योलको अवस्थामा रहेको भन्दै सबैले अत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    अहिलेको परिस्थितिमा सबैले गम्भीर आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा नदिने उनको भनाइ छ । सामाजिक सञ्जालमा सक्रिय बाबुरामले फेसबुकमा लेखेका छन्, ‘सबैले गम्भीर आत्म-समीक्षा गरौं, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन ।’

    घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने र कसले ठुलो भाग खाने भनेर झगडा गर्ने समय यो नभएको उनले प्रष्ट पारेका छन् । बाबुरामले आगो निभाउने र नयाँ घर बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

    ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ’, बाबुरामले लेखेका छन्, ‘घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने बेला यो हैन। बरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend