Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन कार्यक्रम सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता


१, मंसिर २०८२
  • 195
    SHARES
  • निर्वाचन कार्यक्रम सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता

    काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरेको हो । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता आउँदो माघ ६ गतेलाई तोकिएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । त्यही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

    माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

    उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ गते बिहान बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह प्रदान गरिने छ ।

    यस्तै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मङ्सिर २१ गतेदेखि २३ गतेभित्र आयोगमा निवेदन दिनुपर्नेछ ।

    मङ्सिर २४ गते निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ । पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गर्ने कार्यतालिका छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend