Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सभामुख तुलाराम घर्तीले स्वकीय सचिवालय विघटन: संघीय परिपत्रपछि ‘नैतिक कदम’


१, मंसिर २०८२
  • 218
    SHARES
  • सभामुख तुलाराम घर्तीले स्वकीय सचिवालय विघटन: संघीय परिपत्रपछि ‘नैतिक कदम’

    देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो ५ सदस्यीय स्वकीय सचिवालय विघटन गरेका छन् । संघीय सरकारले सांसद तथा मन्त्रीहरूको निजी सचिवालय घटाउने निर्णय गर्दै प्रदेश सरकारहरूलाई पत्राचार गरेपछि सभामुख घर्तीले नैतिकताको आधारमा सचिवालय हटाएको घोषणा गरेका हुन् ।

    प्रदेश सभा स्रोतका अनुसार सभामुख घर्तीले ५ जनाको निजी सचिवालय राख्दै आएका थिए । उनले विज्ञप्ति जारी गर्दै प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा ऐन, २०७५ को दफा ८ को उपदफा ९(१०) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख गरेका छन्। यो निर्णय सोमबारदेखि लागू भएको छ ।

    संघीय परिपत्रमा सभामुख–उपसभामुख सम्बन्धी प्रावधान स्पष्ट नभए पनि उनले नैतिकताका आधारमा सचिवालय विघटन गरेको बताए । सचिवालय हटाएको पत्र आइतबार नै प्रदेश सभामा दर्ता भइसकेको छ । उक्त पत्रअनुसार कार्तिकसम्मको सुविधा मात्र प्रदान गरिनेछ, तर मंसिरदेखि कुनै आर्थिक हिसाब–किताब नहुने जनाइएको छ ।

    प्रदेश सभाका सूचना अधिकारी गिरिराज खनालका अनुसार सभामुखको पत्र आइतबार नै दर्ता भएको पुष्टि गर्दै संघीय परिपत्रमा अस्पष्टता भएकाले अन्यौल सिर्जना भएको तर सभामुखले स्वेच्छाले सचिवालय हटाएर स्पष्टता ल्याएको बताए ।

    सभामुख घर्तीले सचिवालयमा प्रमुख स्वकीय सचिव (उपसचिवस्तर) पदम सोमै, प्रेस संयोजक (अधिकृत स्तर) रुद्रहरि कुँवर, कम्प्युटर अपरेटर, चालक र कार्यालय सहयोगी राखेका थिए । पीएसओ भने नेपाल प्रहरीबाट नै रहने व्यवस्था थियो ।

    सचिवालय विघटनसँगै अब चालक व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौल प्रदेश सभामा कायम छ । यसअघि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले ६ सदस्यीय सचिवालय हटाइसकेका छन् भने प्रदेश प्रमुखले भने अहिलेसम्म सचिवालय नहटाएको बताइन्छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend