Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने


११, साउन २०८०
  • 158
    SHARES
  • विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

    काठमाडौँ । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ ।

    मलेसियाको क्वलालम्पुरस्थित एसियाली फुटबल महासङ्घ ९ एएफसी ० को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ ।

    आगामी अक्टोबरमा हुने दुई लिगको छनोटको पहिलो लिग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ ।

    फिफा विश्वकप छनोटमा विभिन्न ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै एसियन कप छनोटमा भने २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप फुटबल र एएफपी एसियन कप छनोटको पहिलो चरणमा विभिन्न २० राष्ट्रले खेल्नेछन् ।

    यसमा नेपाल र लाओसँगै अफगानिस्तान र मङ्गोलिया, माल्दिभ्स र बङ्गलादेश, सिङ्गापुर र गुआम, यमन र श्रीलङ्का, म्यानमार र मकाउ, कम्बोडिया र पाकिस्तान, चाइनिज ताइपेइ र इस्ट टिमोर, इन्डोनेसिया र बु्रनाई तथा हङकङ र भुटानबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend